आठ बर्षपछि नेपाल आइन् अरुणीमा, भन्छिन्–‘रोमान्टिक फिल्म गर्दिनँ’(भिडियो कुराकानी)

१५ असार २०७९ ११:३९

कुनै समयकी सर्वाधिक व्यस्त एवं चर्चित नायिका अरुणीमा लम्साल नेपाल आएकी छिन् । ३ दिन अगाडि नेपाल आएकी अरुणीमा हाँस्य कलाकार किरण केसीको जन्मदिनमा मिडियाको अगाडि देखिइन् ।

कुराकानीका क्रममा अरुणीमाले अमेरिका बस्दा नेपाली चलचित्र, एक्सन–कट खुबै मिस हुने बताइन् । भनिन्–‘म २ महिना नेपाल बस्छु । नेपाल घुम्ने, परिवारका सदस्यहरुसँग समय बिताउने योजना छ ।’

उनले, आफूलाई अब यूवा कथाको रोमान्टिक चलचित्र नसुहाउने बताउँदै सुहाउँदो कथामा अफर आए काम गर्ने बताइन् । अरुणीमाले अभिनय गरेको चलचित्र ‘धड्कन’को सिरिज बनाउने तयारी यसका निर्देशक नरेश पौडेलले गरेका छन् । तर, अरुणीमाले यो चलचित्रका लागि कुनै कुरा नभएको पनि बताइन् । उनले भनिन्–‘यो बिषयमा कुरा भएको छैन । हैरौ, अगाडि के हुन्छ ।’

नेपाली चलचित्रले प्रगती गरेको भन्दै उनले नयाँ नायिकाहरुले यो क्षेत्रलाई सुखद तरिकाले अगाडि बढाएको तर्क गरिन् ।

दर्जनौ चलचित्रमा अभिनय गरेकी अरुणीमा कुनै समयकी सर्वाधिक व्यस्त एवं बोल्ड नायिकाको रुपमा चिनिन्थिन् । तर, ८ बर्ष अगाडि अमेरिका गएपछि उनी चलचित्र क्षेत्रबाट हराए जस्तै छिन् । अरुणीमाले भने आफूलाई दर्शकले नविर्सिएको तर्क गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *