‘छड्के २’मा अनमोल केसी ?

१५ असार २०७९ ६:२२

नायक अनमोल केसीले ‘ए मेरो हजुर ४’ पछि अब कुन चलचित्रमा काम गर्छन् भन्ने चर्चा उनका फ्यानमा छ । विशेषगरि, चलचित्र साइन गर्दै छाड्ने बानीले गर्दा पनि अनमोल केसीलाई लिन निर्माता डराउँछन् ।

अनमोल पनि राम्रो चलचित्रको अफर नआएको तर्क गर्न पछि पर्दैनन् । उनले केही समय अगाडि मात्र चलचित्र ‘हनी बनी’ साइन गरेर छाडेका थिए । अनमोल केसी नेपाली चलचित्रका कहलिएका नायक हुन् । तर, अब उनले राम्रो मेकर र निर्देशकसँगको सहकार्यलाई पनि निरन्तरता दिन आवश्यक छ । किनकी, दर्शकले स्टार भन्दा पनि बिषयवस्तु हेर्न थालेकाले अनमोल जस्ता कलाकारलाई आगामी दिनमा सहज छैन ।

यसैविच, नायक अनमोल केसीले ‘छड्के २’मा काम गर्न लागेको खबर हाम्रो सिनेमालाई प्राप्त भएको छ । केही समय अगाडि अनमोलले आफूलाई ‘छड्के २’को अफर आएको बताएका थिए । श्रोतका अनुसार, उनले यो चलचित्र साइन गरिसकेका छन् । निर्देशक निगम श्रेष्ठ अनमोलको लुक्स सहित चलचित्रको पोष्टर सार्वजनिक गर्ने तयारीमा छन् ।

अनमोलले भने अहिलेसम्म कुन चलचित्रमा काम गर्ने पक्का नभएको बताएका छन् । बक्स अफिसमा ३ दिन बम्पर व्यापार गरेर चौथो दिनदेखि पत्तासाफ भएको चलचित्र ‘छड्के’को सिरिज बनाउने तयारी निगमले लामो समयदेखि गरिरहेका छन् । यो चलचित्रमा नायक विपिन कार्की नहुने पक्का भैसकेको छ । अनमोल भने यो चलचित्र साइन गर्ने निर्णयमा किन पुगे, त्यो चाडै नै थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *