३३ दिनमा सकियो ‘के घर के डेरा’को छायांकन

१४ असार २०७९ १२:०७

 

‘चिसो मान्छे’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा’को छायांकन सकिएकोछ । मंगलबार काठमाडौंको कला परिषद्मा यो चलचित्रको अन्तिम दृश्यको छायांकन भयो । ३३ दिनमा चलचित्रको इन्डक्ल्याप भएको निर्देशक खनालले जानकारी दिए ।

खनालले आफ्नो सोच अनुसार नै चलचित्र बनाएको जानकारी दिए । उनले, आफ्नो हरेक चलचित्रमा दर्शकले पाउने मसला यो चलचित्रमा पनि पाउने बताए । चलचित्रलाई काठमाडौं भित्र नै खिचिएको छ । ए प्लस इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ, किरण महर्जनको लगानी छ ।

युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद छ । चलचित्रले काठमाडौंको डेरामा बस्ने मानिसहरुको अनुभव साट्ने कलाकार दयाहाङ राइले जानकारी दिएका छन् ।

चलचित्रमा दयाको साथमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय छ । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा शंकर थापा स्माइलको संगीत, दिर्घ खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *