नीताको ‘ह्रस्व दीर्घ’मा ब्रहमानन्दमको इन्ट्री

१४ असार २०७९ ११:५८

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा साउथका चर्चित कलाकारहरुको इन्ट्री भैरहेको छ । नीता ढुंगाना र हरिहर अधिकारी आफै मुख्य भूमिकामा देखिन लागेको चलचित्रमा साउथका चर्चित कलाकार ब्रहमानन्दम अनुबन्धित भएका छन् । निर्माणपक्षले महंगो रकममा उनलाई अनुबन्धित गरेको जनाएको छ । चन्द्र पन्तको निर्देशनमा तयार हुने यो चलचित्रको छायांकन नेपाल र भारतमा पनि हुनेछ ।

ब्रहमानन्दम सर्वाधिक धेरै चलचित्रमा अभिनय गरेर गिनिज बुकमा नाम लेखाउने कलाकार समेत हुन् । विश्व बजारमा दक्षिण भारतीय कलाकारहरुको प्रभाव बढ्दै जाँदा नेपाली चलचित्रमा पनि साउथका कलाकारले महत्वपूर्ण स्थान पाएका छन् । चलचित्रमा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् ।

चलचित्रमा सुलिन वर्मा, प्रदीपराज रावत, अली लगायतको अभिनय रहने पक्का भैसकेको छ । दशैंपछि छायांकनमा जाने चलचित्रलाई रामोजी स्टूडियोमा खिचिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *