‘छक्का पन्जा’ टिमबाट छुटेका निर्मातासँग मिलेर फिल्म बनाउँदै जितु

१३ असार २०७९ १४:४५

हाँस्य कलाकार जितु नेपाल दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट अलग भए । उनी, दीपकको टिमको नयाँ चलचित्रमा नहुने पक्का भैसकेको छ । दीपकको टिमबाट अलग भएपछि जितुले ‘ह्यारी कि प्यारी’ नामक चलचित्रमा अभिनय गरिसकेका छन् ।

छक्का पन्जा टिमबाट जितु मात्र होइन, निर्माताको रुपमा चर्चा कमाएका सुमन गिरी र निशान बजगाँई पनि अलग भएका छन् ।

तर, ‘छक्का पन्जा’का यी तिन भाइले अब एकसाथ मिलेर चलचित्र बनाउने भएका छन् । कमेडी जनराको चलचित्रलाई दिनेश डीसीले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन दशैंपछि सुरु हुने निर्माता मध्येका एक सुमन गिरीले हाम्रो सिनेमालाई जानकारी दिए ।

चलचित्रको कथा जितु नेपालले लेखिरहेका छन् । दीपक र दीपा नयाँ चलचित्रको तयारीमा लागेको समयमा जितु नेपालले पनि छक्का पन्जाका निर्मातालाई लिएर नयाँ चलचित्र बनाउने पक्का गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *