‘मोडल हन्ट नेपाल’को अडिसनमा यस्ता सुन्दरी

१३ असार २०७९ १४:३१

‘मोडल हन्ट नेपाल’ले अडिसन सुरु गरेको छ । शनिबारबाट सुरु भएको अडिसन जुलाई ९ सम्म चल्नेछ । अडिसनबाट देशभरका यूवायूवतीले सहभागीता जनाइरहेको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।
यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागीता जनाइरहेका छन् ।

अडिसनको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल¬) रुबिस्का श्रेष्ठ (ब्यवसायीक मोडल, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) लगायत छन् ।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित १ देखि १५ सेम्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *