‘प्रकाश’मा प्रदीपसँग रेणुको यस्तो लुक्स

१३ असार २०७९ १४:२२

भदौ १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रकाश’की नायिका रेणु योगीको लुक्स सार्वजनिक गरिएको छ । यो चलचित्रबाट रजतपटमा डेब्यू गर्न लागेकी रेणुले चलचित्रलाई लिएर उत्साहित भएको उल्लेख गरेकी छिन् । चलचित्रमा उनले नायक प्रदीप खड्कासँग स्क्रिन शेयर गरेकी छिन् । रेणुले पोष्टर शेयर गर्दै प्रदीपबाट आफू प्रभावित भएको पनि उल्लेख गरेकी छिन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप र रेणुको अलवा दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *