‘दोख’को ट्रेलरमा जनयुद्धको पृष्ठभूमि, २ गाउँको कथा

१३ असार २०७९ १४:१४

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक भएको छ । नेपाल फिल्म क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा असार २४ गतेबाट रिलिज हुन लागेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्रले माओवादी जनयुद्धको पृष्ठभूमीलाई प्रस्तुत गर्दैै सामुदायिक बनको मुद्दालाई लिएर २ गाउँविचको झगडाको कथा भनेको छ । चलचित्रमा दीया मास्क, मनिष निरौला, लोकमणि सापकोटा, राजा थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको मुख्य भूमिका छ । चलचित्रमा दीया विवाहित महिलाको भूमिकामा देखिएकी छिन् भने मनिष एक शिक्षकको भूमिकामा देखिएका छन् ।

कार्यक्रममा बोल्दै निर्देशक बरालले २०७२ सालबाट चलचित्र निर्माणको प्रक्रिया सुरु गरेपनि भूकम्प, नाकाबन्दी, कोरोना आदिका कारण ढिलो भएको बताए । उनले, जनयुद्ध सकिएको १६ बर्ष भैसक्दा पनि त्यसले छरेका विभिन्न पीडाहरु अझै बाँकी रहेकाले यसको कथा भन्न आवश्यक रहेको बताए । सविन ज्ञवालीको लगानीमा बनेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *