‘जुग जुग जियो’को सुखद सुरुवात

१३ असार २०७९ ६:१३

बक्स अफिसमा नायक बरुण धवन र नायिका कियारा आडवाणी अभिनित चलचित्र ‘जुग जुग जियो’ले सुखद सुरुवात गरेको छ । चलचित्रले ३ दिनमा ३७ करोडको ग्रस कलेक्शन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्रले पहिलो दिनमा ९ करोडको ओपनिङ गरेको थियो । शनिबार चलचित्रको व्यापार १२ करोड भन्दा माथि रह्यो । आइतबार बिदाको दिन चलचित्रले १५ करोड माथिको व्यापार गर्दै ३७ करोडको इनिसियल व्यापार गरेको छ । १ सय ५ करोडको बजेटमा बनेको चलचित्रका लागि यो व्यापार बम्पर होइन । आज सोमबार चलचित्रको व्यापार गतिलो भएको खण्डमा यसले लगानी सहजै उठाउन सक्छ ।

चलचित्रलाई समीक्षकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तर, समीक्षकको प्रतिक्रिया अनुसार चलचित्रले ओपनिङ भने गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *