साहरुख भन्छन्–‘पठान’ जस्तो फिल्म ३० बर्षदेखि गर्न चाहेको थिएँ’

१३ असार २०७९ ६:०७

बलिउडका सुपरस्टार नायक साहरुख खान ५ बर्षको अन्तरालपछि एकसाथ ३ वटा चलचित्र दर्शकमाझ ल्याउने तयारीमा छन् । चलचित्र ‘जिरो’ असफल भएपछि पर्दाबाट टाढा देखिएका साहरुखको सन् २०२३ मा ३ वटा चलचित्र रिलिज हुँदैछ । जसमा जनवरी २५ मा यशराज ब्यानरको निर्माणमा तयार भएको चलचित्र ‘पठान’ रिलिज हुँदैछ ।

सन् १९९२ मा चलचित्र ‘दिवान’बाट बलिउडमा प्रवेश गरेका साहरुखले ३० बर्ष लामो यात्रा पार गरिसकेका छन् । ३० बर्षे करिअरमा साहरुखले आफ्नो उचाइलाई विश्वमा फैलाएका पनि छन् ।

उनै, साहरुखले चलचित्र ‘पठान’ आफूले ३० बर्षे करिअरमा गर्न चाहेको चलचित्र भनेका छन् । उनले, इन्स्टाग्राम लाइभमा भने–‘यो चलचित्रमा काम गर्दा निक्कै मज्जा आयो । मैले आफ्नो ३० बर्षे करिअरमा यस्तो चलचित्रमा काम गर्न चाहेको थिएँ ।’

चलचित्रमा साहरुखलाई दीपिका पादुकोण, जोन अब्राहिमले साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *