आमा बन्दै आलिया भट्ट

१३ असार २०७९ ५:३४

नायक रणवीर कपुरसँग यसैबर्षको अप्रिल महिनामा बिबाह बन्धनमा बाँधिएकी नायिका आलिया भट्ट आमा बन्ने भएकी छिन् । उनले, सामाजिक संजालबाट आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । आलियाले रणवीरसँगको एक भिडियो पोष्ट गरेकी छिन्, जहाँ उनको भिडियो एक्स रे गरिएको छ । उक्त फोटो राख्दै आलियाले लेखेकी छिन्–‘हाम्रो बच्चा चाडै आउँदैछ ।’

आलियाले सामाजिक संजालमा यो तस्वीर राखेसँगै उनलाई बधाइको ओइरो नै लागेको छ । फिल्म ‘ब्रम्हास्त्र’को काम सकेपछि आलियाले परिवारको योजना बनाएको वुझ्न सकिन्छ ।

केही बर्ष प्रेम सम्बन्धमा रहेर आलिया र रणवीरले गतबर्ष बिहे गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *