सौगात मल्लको नाममा निर्माताले ‘घनचक्कर’मा डुबाए करोड

१२ असार २०७९ १४:३२

सौगात मल्ल अभिनित चलचित्र ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोड भन्दा बढीको ग्रस कलेक्शन गरेपछि उत्साहित भएका निर्माता हरि भट्ट अहिले भने निराश छन् । किनकी, उनले निर्माण गरेको चलचित्र ‘घनचक्कर’ रिलिज भएको २ दिनमै हलबाट उत्रिएको छ । यतिमात्र होइन, यो चलचित्रबाट उनलाई करोड घाटा समेत लागेको छ ।

शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले दर्शकलाई तान्न सकेन । आइतबारबाट मल्टिप्लेक्स हलबाट चलचित्र उत्रियो । चलचित्रले ५ लाख ग्रस कलेक्शन गरेको वितरक सुनिल मानन्धरको भनाई छ । सौगात मल्लको नाममा पनि यो चलचित्र हेर्न दर्शक हलसम्म पुगेनन् । चलचित्रको कथावस्तु, प्रस्तुति, पटकथा पनि निक्कै कमजोर छ ।

सौगात अभिनित चलचित्र ‘मन्त्र’ पनि बैशाखमा नमज्जाले डुबेको थियो । पैसाका लागि धेरै चलचित्र खेल्दा सौगातलाई दर्शकले पत्याउन छाडेका छन् । तर, उनको हातमा चलचित्रको अभाव भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *