‘लू’मा जोडिए प्रदीप भट्टराई

१२ असार २०७९ १४:२४

सफल निर्देशक प्रदीप भट्टराइले नयाँ चलचित्र ‘लू’ निर्देशन गर्ने पक्का भएको छ । सामाजिक संजालबाट उनले यो कुराको जानकारी दिदै चलचित्र निर्देशन गर्न लागेको उल्लेख गरेका छन् ।

नयनराज पान्डेको चर्चित पुस्तक ‘लू’लाई अब चलचित्रको रुप दिन लागिएको हो । उनले लेखेका छन्–‘चलचित्र बन्दा मात्रै पनि म खुशी हुने थिएँ । अझ, लूको निर्देशन गर्ने जिम्मेवारी पाउँदा झनै डबल खुशी लागेको छ । डर पनि छ, उत्साह पनि छ । अनी राम्रो टिमअप गरेर लू लाई राम्रो चलचित्र बनाउने विश्वास पनि छ ।’

प्रदीपले निर्देशन गर्ने चलचित्रलाई कारो फिल्मस्ले निर्माण गर्दैछ । महंगो बजेटमा निर्माण हुने यो चलचित्रको कलाकार भने फाइनल गरिएको छैन । प्रदीप भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा चलचित्र ‘महापुरुष’ निर्देशन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *