किन शंकास्पद बन्दैछ लोकगायिका दिलमायाको निधन ?

१२ असार २०७९ १०:३८

शनिबार बिहान आफ्नै डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले छानबिन गरिरहेको छ । आज लोकदोहोरी प्रतिष्ठानका डेढ सय भन्दा बढी सदस्यहरुले दिलमायाको निधनको छानबिन गर्नुपर्ने माग गर्दै बालाजु प्रहरीमा नारा लगाएका थिए । उनले, फेसुबकमा अघिल्लो रात मात्र सुसाइड नोट लेखेकी थिइन् । तर, उनको मोबाइल र पासो लगाएको कुनै पनि सल नभेटिएपछि मृत्यु शंकास्पद देखिएको छ ।

सुनारले मृत भेटिएको अघिल्लो रात १ बजेर २० मिनेटमा फेसबुकमा लेखेकी थिइन्–‘म थाकेँ, धेरै थाकेँ, अब बाँच्न सक्दिनँ ।’ प्रहरीले स्टाटस अशुद्ध भएकाले पनि त्यो उनले नै लेखेकी हुन् या होइनन् भनेर पनि अनुसन्धान गरिरहेको छ ।

शनिबार नेपालटारस्थित आफ्नो कोठाको खाटमा उनी मृत भेटिएकी थिइन् । उनको घाँटीमा निलडाम, खुट्टामा घाउ भएको अवस्था भेटिएको छ । तर, मोबाइल भेटिएको छैन । यसैले, पनि उनको हत्या भएको आशंका धेरैले गरेका छन् ।

सुनार श्रीमानसँग डिभोर्स गरेर डेरामा एक्लै बसेकी थिइन् । उनको सूर्य श्रेष्ठ नाम गरेका पुरुषसँग प्रेम सम्बन्ध रहेको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *