‘प्रसाद २’बाट बाहिरिए निश्चल

११ असार २०७९ १५:०६

चलचित्र ‘प्रसाद २’बाट कलाकार निश्चल बस्नेत बाहिरिएका छन् । उनले, केही दिन अगाडि नै चलचित्रबाट अलग हुने निर्णय लिएको वुझिएको छ । चलचित्रका निर्देशक सुदर्शन थापाले पनि निश्चल चलचित्रमा नरहेको जानकारी दिएका छन् ।
चलचित्र ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा थिए । यो चलचित्रले सुखद कमाई मात्र गरेन, समीक्षागत रुपमा चर्चा पनि पायो ।

त्यसको केही बर्षपछि निर्माता सुभाष थापाले सौरभ चौधरीलाई निर्देशनको जिम्मा दिदै यसको सिरिज बनाउने घोषणा गरे । जहाँ, कलाकारमा विपिन, नम्रता र निश्चल नै दोहोरिने पक्का भएको थियो ।

तर, चलचित्र साइन गरिसकेका निश्चलले निर्देशक परिवर्तन भएसँगै चलचित्रबाट बाहिरिने निर्णय लिएका छन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र बन्ने पक्का भएपछि निश्चल भने बाहिरिएका छन् । विपिन र नम्रता भने यथावत् नै रहेका छन् ।

सुशिल पौडेलको कथामा तयार हुने चलचित्रको छायांकन केही महिनापछि सुरु हुँदैछ । निर्देशक थापा र लेखक पौडेल मिलेर स्क्रिप्टलाई अन्तिम रुप दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *