दयापछि विपिनलाई लिएर फिल्म बनाउँदै रामबाबु

११ असार २०७९ १४:१०

ब्लकबस्टर चलचित्र ‘कबड्डी ४’का निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनको तयारीमा लागेका छन् । उनले, निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम फाइनल गरिएको छैन । तर, चलचित्रमा नायक विपिन कार्की भने मुख्य भूमिकामा हुनेछन् ।

चलचित्रका लागि अन्य कलाकार भने फाइनल भैसकेका छैनन् । नायक कार्कीले पनि अन्य कलाकारको बारेमा आफूलाई जानकारी नभएको बताए ।यशोदा फिल्मस्को ब्यानरमा यो चलचित्र बन्नेछ । रामबाबुले केही समय अगाडि मात्र यो चलचित्रका लागि अडिसन कल गरेका थिए ।

यो चलचित्रको छायांकन इलाममा हुनेछ । यो चलचित्रको छायांकनमा जोडिनु अगाडि विपिनले बलिउड चलचित्र ‘एनिमल’मा काम गर्नेछन् । यो चलचित्रका लागि उनी मुम्बई जाने तयारीमा छन् । विपिनले यो चलचित्रका लागि ५८ दिनको समय दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *