बरुण र कियाराको ‘जुग जुग जियो’को ९ करोडको ओपनिङ

११ असार २०७९ १३:५४

शुक्रबारदेखि रिलिज भएको हिन्दी चलचित्र ‘जुग जुग जियो’ले सुखद ओपनिङ गरेको छ । मल्टिस्टारर यो फेमिली ड्रामाले पहिलो दिन ९.२८ करोडको कमाई गरेको छ । भारतीय मिडियाका अनुसार, यो चलचित्रको ओपनिङ सुखद हो तर यसले लगानी सुरक्षित गर्न आजबाट व्यापारमा उछाल ल्याउनुपर्नेछ ।

१०५ करोडमा बनेको यो चलचित्रको शनिबार ३० प्रतिशत भन्दा बढी व्यापार बढ्न सक्ने अड्कल गरिएको छ । यो बर्ष अहिलेसम्मकै सर्वाधिक धेरै ओपनिङ गर्ने चलचित्र ‘भूल भूलैयाँ २’ हो । जसले १४.११ करोडको ओपनिङ गरेको छ । ‘जुग जुग जियो’ ओपनिङको मामालामा पाँचौ स्थानमा छ ।

धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा बरुण धवन, कियारा आडवाणी, अनिल कपुर र नितु कपुरको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *