‘शम्शेरा’ ट्रेलरमा योद्धा रणवीर

१० असार २०७९ १२:१८

नायक रणवीर कपुर योद्धाको भूमिकामा देखिएका छन् । जुलाई २२ तारिखमा रिलिज हुन लागेको यशराज ब्यानर निर्मित चलचित्र ‘शम्शेरा’मा उनको योद्धा अवतार देख्न सकिन्छ ।

चलचित्रमा उनको साथमा संजय दत्त, वाणी कपुर, रोहित रोय, सौरभ शुक्लाको मुख्य भूमिका छ । करण मल्होत्राको निर्देशनमा तयार भएको चलचित्रलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । एकता पाठक र करण मल्होत्राको पटकथामा तयार भएको चलचित्रमा निलेश मिश्र र खिला विष्टको कथा, पियूष मिश्रको संवाद छ ।

मिथुनको संगीत रहेको यो चलचित्रलाई शिवकुमार पानीकेरले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलरमा रणवीर र संजय दत्तविचको लडाई रहेको वुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *