‘प्रेमगञ्ज’को रोमान्टिक गीतमा वेनिशा र तेजको रोमान्स

१० असार २०७९ १२:०६

भदौको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘माथि माथि आकाशमा’ बोलको गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । चलचित्र चौतारीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु तेज गिरी, बेनिशा हमाल, राइडर प्रशान्त, सुप्रिया खनाललाई फिचरिङ गरिएको छ । पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा किरण भुषालको संगीत, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ ।

संजय लामाको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन छ । चलचित्रमा किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मल लामिछानेको लगानी छ । परिच्छेद सेनको कथा र पटकथा रहेको यो चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्तोष रसाइली, पवन भट्टराईको पनि मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *