‘कृष्णलीला’को ‘ए मेरो हजुर’ गीतमा रोमान्टिक पुष्प र श्रद्धा

१० असार २०७९ ११:२२

म्युजिक भिडियोमा सफल निर्देशक माइकल चन्दले अब चलचित्रको गीतमा पनि छलाङ मारेका छन् । माइकलको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘ए मेरो हजुर’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।
रोमान्टिक शैलीको यो गीतको भिडियोलाई तिलिचो तालमा खिचिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । रवि ओड र सुनिता कार्कीको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीतमा तयार भएको यो गीतको अडियो कर्णप्रिय छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । दीपक वलीको निर्देशनमा बनेको यो चलचित्र भदौको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रले दिमागी रुपमा केही कमजोर रहेको एक यूवा र जिन्दगीमा केही गर्ने सपना बोकेकी एक यूवतीको प्रेमको कथा भन्नेछ ।

लक्ष्मण सुवेदीको लेखनमा तयार भएको चलचित्रमा अर्जुना पोखरेलको संगीत, प्रकाश राज कार्की र केवल तामाङको लगानी छ । चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *