बच्चा र पैसाको विचमा फक्रिएको सौगात र श्रृष्टीको हाँसो

१० असार २०७९ ४:४१

भदौ ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘माइकल अधिकारी’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा नायिका श्रृष्टी श्रेष्ठ, नायक सौगात मल्लको साथमा एक बच्चा र पैसा देख्न सकिन्छ । यसले पनि चलचित्रको कथालाई केही हदसम्म उजागर गर्न सक्छ ।

यो चलचित्रले आर्थिक अवस्था कमजोर भएपछि पैसाका लागि भाडामा कोख बेच्ने एक महिलाको कथा भन्छ । रन्जित रौनियारको निर्देशनमा तयार भएको चलचित्रले आत्मियता, भावनात्मक सम्बन्धसँगै कमेडीलाई पनि मिसाएको निर्माण टिमले बताएको छ ।

उद्धव पौडेलको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात र श्रृष्टीको साथमा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त वुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतको अभिनय छ इलाम र झापाको रमणीय स्थानमा खिचिएको चलचित्रले नेपाली चलचित्रको कथा भन्ने शैलीमा नयाँपन दिने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *