‘मोडल हन्ट नेपाल’सँग जोडिइन् नम्रता

९ असार २०७९ ७:४३

सन् २०२० कि ‘मिस नेपाल’ विजेता नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’सँग जोडिएकी छिन् । उनी निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध भएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिएका छन् ।

प्रतियोगीताको अहिले सातौं संस्करण चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

असार ११ बाट सुरु हुने प्रतियोगीताको छनोट चरणको अडिसन जुलाई ९ सम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेताले नगद ५ लाख सहित सेप्टेम्बर १ देखि १५ सम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *