विजयको नयाँ फिल्म ‘वारिसु’को घोषणा

९ असार २०७९ ७:३५

तमिलका सुपरस्टार नायक हुन् विजय । थलापति विजयको नामबाट परिचित उनले थुप्रै ब्लकबस्टर चलचित्र दर्शकमाझ दिएका छन् । उनै, विजयको नयाँ चलचित्र ‘विरासु’को घोषणा भएको छ । फस्टलुकमा विजय मात्र देखिएका छन् । उनको यो ६६ औं चलचित्र हो ।

यो चलचित्रलाई भाम्सी पैडिपालीले निर्देशन गर्दैछन् । विजय र भाम्सीको यो पहिलो सहकार्य हो । दिल राजुले यो चलचित्रको निर्माण गर्न लागेका हुन् । चलचित्रलाई तमिल र तेलुगु भाषामा निर्माण गरिनेछ ।

साउथका सुपरस्टार विजयका चलचित्र विशेषगरि एक्सन र पारिवारिक हुने गर्दछन् । जसले दर्शकको अथाहा प्रेम समेत पाउने गरेका छन् । उनको, ६६ औं चलचित्रको कथावस्तुको बारेमा भने मेकरले केही पनि बताएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *