वर्षाको बिहे पनि सुटुक्क, अमेरिका पनि सुटुक्क

९ असार २०७९ ७:२६

नायिका वर्षा सिवाकोटीले यसै बर्ष सुटुक्क बिहे गरिन् । मिडिया र फिल्मीकर्मीले थाहा पाउँछन् जस्तो गरि उनले सुटुक्क बिहे गरेकी हुन् । सुटुक्क बिहे गरेकी वर्षा केही समय नेपालमै रहिन् । आफ्नो चलचित्र ‘ए साथी सुन’को डबिङ मात्र उनले सकाइनन्, अन्य बाँकी कामहरु प्नि सकाइन् ।

चलचित्रको डबिङ सकिन्, ‘लक्क जवान’को प्रमोशनमा अन्तिम समयमा दौडिइन् । यसपछि भने वर्षा अमेरिका लागिन् । अमेरिकामा रहेका आफ्ना श्रीमान्सँगै बस्न उनी त्यता हानिएकी हुन् । अब, वर्षाले नयाँ नेपाली चलचित्रमा कहिले काम गर्छिन्, कुनै टुंगो छैन ।

वर्षा अमेरिका गएको भने चलचित्रकर्मी र मिडियाकर्मीले खासै भेउ पाएनन् । विशेषगरि, कुनै समय विदेश जाँदा होस् या चलचित्रको प्रचारमा निस्कदा, वर्षा मिडियाको साथ खोज्थिन् । तर, यसपटक उनले बिहे र अमेरिका यात्रालाई मिडियाबाट टाढा राख्ने कोशिश गरेको पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *