यस्तो छ ‘बाबरी’सँग भिड्न लागेको ‘लाखे’को फस्टलुक

९ असार २०७९ ७:१५

चलचित्र ‘लाखे’को फस्टलुक सार्वजनिक भएको छ । भदौको ३१ गतेबाट रिलिज हुने चलचित्रको फस्टलुकमा कलाकारहरुलाई देखाइएको छैन । तर, मुकुन्डो लगाएका केही लाखेहरुलाई पोष्टरमा देख्न सकिन्छ । पोष्टरमा नायक अर्पण थापाको अनुहार भने देखाइएको छ ।

चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रलाई नेपालको अहिलेसम्मकै ठूलो सस्पेन्स थ्रिलर चलचित्र भनिएको छ ।

चलचित्रको फस्टलुकले केही उत्सुकता भने दर्शकलाई जगाउने निश्चित छ । किनकी, यसको पोष्टरमा मुकुन्डो लगाएका लाखेहरुको मात्र तस्वीर राख्दा दर्शकमा कौतुहलता पैदा हुनसक्छ । यो मितिमा लभ स्टोरी जनराको चलचित्र ‘बाबरी’ पनि रिलिज हुँदैछ । यसैले, पनि भदौ ३१ गतेको भिडन्तमा सबैको ध्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *