‘पठान’पछि ‘जवान’मा दीपिका र साहरुखको जोडी

९ असार २०७९ ५:००

बलिउड नायक साहरुख खान विगत केही महिनादेखि ३ वटा चलचित्रको छायांकन गरिरहेका छन् । उनले, सेड्यूल मिलाएर एकसाथ ३ वटा चलचित्रको छायांकन भारतसँगै विभिन्न देशमा गरिरहेका हुन् । साहरुख अभिनित ‘पठान’ जनवरीको २५ तारिखबाट रिलिज हुँदैछ । यो चलचित्रमा साहरुखसँगै नायिका दीपिका पादुकोणको मुख्य भूमिका छ ।

साहरुख र दीपिकाको जोडीलाई बलिउडमा सर्वाधिक रुचाइएको जोडीको रुपमा हेरिन्छ । यो जोडीले ‘ओम शान्ती ओम, चेन्नाई एक्सप्रेस, ह्याप्पी न्यू इयर’ लगायतका चलचित्रमा काम गरेको छ ।

अब, साहरुखको अर्को चलचित्र ‘जवान’मा पनि नायिका दीपिका पादुकोण देखिने भएकी छिन् । साउथका सफल निर्देशक एट्लीको निर्देशनमा तयार भैरहेको चलचित्रमा साहरुख र नयनताराको मुख्य भूमिका छ । चलचित्रमा दीपिकाको भने केमियो भूमिका हुने वुझिएको छ ।

चलचित्रमा दीपिकालाई अनुवन्धित गराउन साहरुख र एट्ली केही समय अगाडि हैदरावाद पुगेका थिए । चलचित्रमा काम गर्नका लागि दीपिका तयार भएकी छिन् । चलचित्रको टिजर सार्वजनिक भैसकेको छ, जसलाई दर्शकले अत्याधिक रुचाएका छन् । यो चलचित्र सन् २०२३ को जुन २ बाट रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *