आकाशलाई पूजाले भनिन्–‘पहिले नै यसरी वुझिदिएको भए’(भिडियो)

९ असार २०७९ ४:४७

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मित्रता अहिले पहिलेको जस्तो छैन । कुनै बेला अधिकांश समय एकसाथ हुने यो जोडी अहिले अलग छ । नायिका पूजा शर्मा युद्ध बाँनियाको प्रेम सम्बन्धमा जोडिएपछि आफ्नै दैनिकीमा मस्त छिन् ।

तर, असार ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘संझना विर्सना’ले भने यी दुइलाई एकसाथ ल्याइदिएको छ । चलचित्रको प्रमोशनमा दुई जना दौडिरहेका छन् ।

‘कमेडी क्लब विथ च्याम्पियन्स’मा पुगेका आकाश र पूजाले एक अर्काको प्रशंसा गरे । कालो पहिरनमा पुगेका दुबै जनाले चलचित्र राम्रो बनेकाले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मालाई जुन पहिरन लगाउँदा पनि सुहाउने प्रतिक्रिया दिए । आकाशले यसो भनिरहँदा पूजाले भनिन्–‘पहिले नै यसरी वुझिदिएको भए के हुन्थ्यो ?’ पूजाको संकेत उनीहरुको मित्रता छुट्नुमा आकाशले नवुझेर हो भन्नेतर्फ थियो ।

पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिजका लागि अष्ट्रेलिया जाँदैछिन् । त्यस अगाडि नै चलचित्रको प्रमोशन भ्याउने उनको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *