‘राधा’को फस्टलुकमा श्रृष्टी, सौगात, दयादेखि निश्चलसम्म

८ असार २०७९ १४:३६

सुवर्ण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘द सिक्रेट अफ राधा २’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक २ पोष्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

भदौ १० गतेबाट रिलिज हुने यो चलचित्रको पोष्टरमा नायिका श्रृष्टी श्रेष्ठको साथमा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, वुद्दि तामाङ लगायतका कलाकारलाई देख्न सकिन्छ ।

चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा सुवर्ण र सौगातको लगानी छ ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट यूके, मन्डला अनलाइन र एएमआई फिल्मस्को प्रस्तुति र मन प्रोडक्शनको एसोसियसनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह–निर्माता रहेको चलचित्रमा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र कालिप्रसाद बाँस्कोटाको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *