‘सिल्ली फो’को ट्रेलरमा नायिका बन्ने सपना बोकेकी केकी

८ असार २०७९ ९:२०

राजबहादुर सानेको निर्देशनमा तयार भएको चलचित्र ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक गरिएको छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन, शिव विकको कोरियोग्राफी रहेको यो चलचित्रको पोष्टरमा मुख्य कलाकारहरु केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाँई, अस्मिता लामिछाने, दिपक थापा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

यो चलचित्रले चार पात्र, एक यूवतीको नायिका बन्ने सपनालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ ।

मनोज डीकेको निर्माणमा तयार भएको यो चलचित्र असारको ३१ गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरले कमेडी जनरा मन पराउने दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *