नम्बर १ ट्रेन्डिङमा ‘सम्हालिन्छ कहिले मन’को गीत

७ असार २०७९ ८:१२

नायिका पूजा शर्मा र नायक सोनम तोप्देनलाई फिचरिङ गरिएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत नेपालको युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । केही दिनदेखि साउथ चलचित्रका कारण २ नम्बरमा यो गीत थियो । तर, दर्शकको अत्याधिक माया पाएपछि गीतले नम्बर १ मा स्थान बनाएको छ ।

अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा सुरेश वाग्लेको शब्द, सुरेश लामा र अन्जु पन्तको स्वर छ ।

गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । भदौको १७ गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । एबी प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रको यो गीतलाई ११ लाख पटक हेरिएको छ ।

सार्वजनिक भएसँगै दर्शकको माया पाएको गीतले चलचित्रको व्यापारमा पनि ठूलो असर गर्ने देखिएको छ । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *