दिक्पाल, एसराज, साक्षीको ‘पाउनु मात्र होइन माया’

६ असार २०७९ ९:०९

गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ । गीतमा उनकै स्वर र संगीत, सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ छ ।

सुब्रत आचार्य निर्देशित भिडियोमा दिक्पाल कार्की, एसराज गरच र साक्षी लम्साल फिचर्ड छन् । गीत त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *