‘मिस नेपाल’ प्रियंकालाई बाजा बजाएर घरमा स्वागत(भिडियो)

६ असार २०७९ ८:५८

यो बर्षको ‘मिस नेपाल २०२२’ विजेता प्रियंका राना जोशीलाई पञ्चेबाजा बजाएर घरमा स्वागत गरिएको छ । उनलाई पञ्चेबाजा बजाएर अनामनगरस्थित घरमा स्वागत गरिएको हो । टाउकामा ‘मिस नेपाल २०२२’को क्राउन लगाएर प्रियंकाले गाडीबाट सबैलाई हात हल्लाएकी थिइन् ।

हातमा नेपाली राष्ट्रिय झण्डा बोकेकी उनी नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको ताज जित्दा खुशी र उत्साहीत थिइन् । उनले, नेपाललाई विश्वमाझ चिनाउन आफूले कुनै कसर बाँकी नराख्ने पनि बताइन् । होटल र्याडिसनबाट उनलाई अनामनगरस्थित पुख्र्यौली घरमा लगिएको थियो । त्यसपछि प्रियंकाले वसन्तपुरस्थित कुमारी घर पुगिन् ।

र्याडिसनबाट उनलाई अनामनगर, वसन्तुपर र भैसेपाटी लगिएको हो । शनिबार आयोजना भएको ‘मिस नेपाल’को फाइनलमा प्रियंकाले २४ जना प्रतिस्पर्धीलाई उछिनेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *