‘२ नम्बरी’को फस्टलुक रिलिज, दया–सौगातसँगै उपासना र उगेन

६ असार २०७९ ८:२७

कार्तिकको ४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक रिलिज भएको छ । चलचित्रको फस्टलुकमा नायकद्धय सौगात मल्ल, दयाहाङ राइको साथमा नायिकाद्धय उपासना सिंह ठकुरी, उगेन छोदेन र कलाकार वुद्दि तामाङलाई देख्न सकिन्छ ।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा दया र सौगातको गेटअप केही फरक छ । २ साथीको मित्रताको कथामा बनेको फिल्मको फस्टलुकले दर्शकमा कौतुहलता पैदा गर्न सक्छ ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *