हल्ला नगरी सुरु भयो ‘महापुरुष’को छायांकन

५ असार २०७९ ८:०२

निर्देशक प्रदिप भट्टराइले चलचित्र ‘महापुरुष’को छायांकन चुपचाप सुरु गरेका छन् । शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएपनि निर्माणपक्षले भने कुनै हल्ला गरेको छैन । ४० दिनको सेड्यूल लिएर चलचित्रको छायांकनमा निर्देशक गएका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अरुण क्षेत्री, अन्जना बराइली, गौरी मल्ल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

दीपेश खत्रीको लगानी रहेको चलचित्रमा रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता छन् । यो चलचित्रले समाजले एक मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथालाई उठान गरेको छ ।

श्रोतका अनुसार, चलचित्रका लागि हरिवंशले आफ्नो गेटअप र कपालको रंग समेत बदलेका छन् । यो चलचित्रले बाबु र छोरीको कथालाई समेत उठान गरेको छ । चलचित्र ‘शत्रु गते’मा प्रदिप भट्टराइले मह जोडीसँग काम गरेका थिए ।

यसपछि, उनी मह जोडीलाई नै लिएर अर्को चलचित्र निर्देशनमा जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *