‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै नाँचे पूजा र आकाश

५ असार २०७९ ६:५८

गायिका अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा चलचित्र ‘संझना विर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकनमा तयार भएको चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले डान्स गरेका छन् । चलचित्रमा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणाको पनि मुख्य भूमिका छ । तारा थापाको सम्पादन रहेको चलचित्रमा कथा, पटकथा र निर्देशन निमेष प्रधानको छ । निर्देशक प्रधानले चलचित्रले दार्जिलिङको चिया टिप्ने कामदारको कथा भनेको बताए ।

चलचित्रमा अद्धिुतिय प्रधान र रेविका प्रधानको लगानी छ । चलचित्रको भिडियोमा पूजा र आकाशले गज्जबको नृत्य गरेका छन् । रामजीले उनीहरुलाई ३ फरक लोकेशनमा नचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *