‘म’को सस्पेन्स टिजर सार्वजनिक

५ असार २०७९ ६:५०

साउन २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको टिजरलाई सस्पेन्स थ्रीलर शैलीमा प्रस्तुत गरिएको छ । एक घटनाको अनुसन्धानसँग जोडिएका पात्रहरुको कथामा यो चलचित्र बनेको टिजरबाट वुझ्न सकिन्छ ।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्शनमा तयार भएको चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का लगायतका कलाकारको अभिनय छ । यो चलचित्रबाट संजोग रसाइली र पुनम श्रेष्ठले चलचित्र क्षेत्रमा डेब्यू गरेका छन् ।

प्रकाश पुरीको कथा तथा पटकथामा तयार भएको चलचित्रमा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिष शाहको सम्पादन छ । प्रकाश पुरी क्रियटिभ निर्माता रहेको चलचित्रमा विमला हुमागाँई र पदम पुरीको लगानी छ । सुवर्ण थापाले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रको टिजरले धेरै आशा बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *