‘सन्ध्या’मा नीर शाह र शोभित बस्नेत

५ असार २०७९ ६:४४

वेब सिरिज ‘सन्ध्या’को निर्माण घोषणा गरिएको छ । यो वेब सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन सुरु हुनेछ । आइतबार भद्रकाली मन्दिरमा शुभसाइत गरिएको वेब सिरिजमा निर शाह, शोभित बस्नेत, हिउँवाला गौतम, दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धमेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे, एलेक्स खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।

वेब सिरिजलाई रामजी राउतले निर्देशन गर्दैछन् । सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर बनाउन लागेको वेब सिरिजमा जया ओझाको लेखन, राहुल राइको छायांकन, नविन निरौलाको सम्पादन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *