दीपाश्रीको ‘छोडपत्र’

५ असार २०७९ ६:३६

निर्देशक दीपाश्री निरौलाले यो बर्ष ‘छक्का पन्जा’को सिरिज निर्देशन नगर्ने भएकी छिन् । बरु, यो बर्ष उनी नयाँ चलचित्र ‘छोडपत्र’को निर्देशन गर्ने तयारीमा छिन् । यो चलचित्रको स्क्रिप्टमा काम भैरहेको वुझिएको छ । यो चलचित्रलाई निर्माता रोहित अधिकारीले निर्माण गर्दैछन् । रोहित अधिकारीले दीपाश्रीको टिमसँग मिलेर चलचित्र ‘छ माया छपक्कै’ बनाएका थिए ।

रोहितको पूर्ण लगानीमा बन्ने चलचित्रमा कलाकार को हुने पक्का भएको छैन । चलचित्रले समाजमा बढ्दै गएको डिभोर्सको घटनालाई कमेडी जनरामा प्रस्तुत गर्नेछ ।

दीपाश्रीले ३ वटा ब्लकबस्टर चलचित्र दिएकी छिन् । ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’की निर्देशकले अब यो नामलाई छाडेर नयाँ नाममा चलचित्र बनाउन लागेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *