अमृत गुरुङको स्वरमा ‘दोख’को ‘बन चरी उड्यो’ रिलिज

३ असार २०७९ १६:३७

एसजीटी प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘दोख’को गीत सार्वजनिक भएको छ । ‘बन चरी उड्यो’ बोलको गीतमा श्रवण मुकारुङको शब्द, आभाषको संगीत र अमृत गुरुङको स्वर छ । नेपथ्य ब्याण्डका चर्चित गायक अमृतले पहिलो पटक चलचित्रको गीतमा स्वर दिएका हुन् ।

अनुप बरालको निर्देशनमा तयार भएको यो चलचित्रलाई राज काठेतले लेखेका हुन् । चलचित्रमा सविन ज्ञवाली, मनोज अधिकारीको लगानी छ भने ओम गुरुङ, रञ्जु वाग्ले र भिम न्यौपानेको कार्यकारी निर्माण छ ।

यो चलचित्रले माओवादी जनयुद्धको कथालाई आधार बनाएर २ गाउँविचको कथा भनेको छ । चलचित्र असारको २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । कार्यक्रममा बोल्दै गायक अमृत गुरुङले कुनै पनि श्रृजना गर्न निक्कै गाह्रो भएको भन्दै यो श्रृजनालाई माया गरिदिएको खण्डमा अर्को काम गर्न हौसला मिल्ने बताए । यो चलचित्रमा दीया मास्के, लोकमणी सापकोटा, मनिष निरौला लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *