तीन सातामा ‘कबड्डी ४’को व्यापार २१ करोड कट्यो

३ असार २०७९ १४:५२

सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाइसकेको ‘कबड्डी ४’ आजबाट चौथो हप्तामा प्रवेश गरेको छ । तर, चौथो हप्तामा पनि चलचित्रको शोजहरुमा खासै कमी आएको छैन । फ्रेस रिलिज चलचित्रले यसको व्यापार र क्रेजमा असर गरेको छैन ।

निर्माणपक्षका अनुसार, यो चलचित्रले ३ सातामा २१ करोड माथिको ग्रस कलेक्शन गरेको छ । चलचित्रले २१ करोड ३७ लाखको ग्रस कलेक्शन गरेको वितरकले जानकारी दिएका छन् । चलचित्रले काठमाडौंबाट ११ करोड ५८ लाख र मोफसलबाट ९ करोड ७९ लाखको कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रलाई फाइनल म्याच भनिएकाले पनि दर्शकको उत्साहजनक उपस्थिती हलमा देखिएको हो ।

सौगात मल्ल, दयाहाङ राई, मिरुना मगर लगायतका कलाकारको अभिनय रहेको चलचित्रको रेकर्डलाई तोड्न अब नयाँ चलचित्रलाई फलामको चिउरा चपाए जस्तै हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *