आँचल र पूजाको प्रतिस्पर्धा अब बक्स अफिसमा

३ असार २०७९ १४:४०

वास्तविक जीवनमा समेत नायिका पूजा शर्मा र आँचल शर्मा एक अर्कालाई प्रतिस्पर्धी ठान्छन् । पूजा र आँचल मिडियाको अगाडि ठिक्क परेपनि भित्री रुपमा भने उनीहरुको सम्बन्ध सुमधुर छैन । तर, यी दुई नायिकाको चलचित्र एकसाथ रिलिज भने भएका थिएनन् । अब, भदौको १७ गते बक्स अफिसमा यी दुइको प्रतिस्पर्धा पक्का भएको छ ।

भदौको १७ गते नायिका पूजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र नायिका आँचल शर्मा अभिनित चलचित्र ‘झिँगे दाउ’ एकसाथ रिलिज हुने भएका छन् । नायक प्रदिप खड्कासँगको भिडन्तलाई टार्दै सुदर्शन थापाले चलचित्रलाई भदौ १७ मा पुर्याएका हुन् ।

आँचल र पूजा दुबैका लागि २ चलचित्र महत्वकांक्षी छन् । किनकी, पूजालाई आफ्नो ब्यानर बाहिर सुदर्शनको निर्देशनमा चल्नुपर्ने दबाब छ । अर्कोतिर, आँचल हिट चलचित्रको खोजीमा छिन् । यो चलचित्र चलेको खण्डमा उनलाई राहत मिल्नेछ ।

दुई प्रतिस्पर्धी नायिकाको बक्स अफिस भिडन्त धेरैका लागि रोचक हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *