‘चिसो मान्छे’मा स्वस्तिमाको अर्को बुलन्द अभिनय

३ असार २०७९ १४:३१

आज शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘चिसो मान्छे’बाट नायिका स्वस्तिमा खड्काले फेरि तारिफ कमाएकी छिन् । चलचित्र रिलिज भएपछि समीक्षकले उनको अभिनयको प्रशंसा गरेका हुन् । यस्तै, चलचित्र हेरेका दर्शकले पनि स्वस्तिमाको अभिनयको तारिफ गरेका छन् ।

चलचित्र ‘बुलबुल’बाट फरक शैलीका चलचित्रमा उदाएकी स्वस्तिमाले ‘चिसो मान्छे’मा बाजुराकी एक महिलाको भूमिका निर्वाहा गरेकी छिन् । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।

कतारबाट बाकसमा श्रीमान्को लास आएपछि त्यसलाई लिएर बाजुरासम्म पुगेका एक बाबु र श्रीमतीको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रमा स्वस्तिमाको संवाद भन्दा धेरै हाउभाउ छ । विशेषगरि, चालक बनेका अर्पण थापासँगको उनको इशाराको प्रेम अभिव्यक्ति गज्जब लाग्छ । स्वस्तिमालाई निर्देशकले संवाद निक्कै कम दिएका छन् । तर, उनले अनुहार र आँखाले नै अभिनय गरेकी छिन् ।

कमर्सियल चलचित्रमा समेत जमेकी स्वस्तिमाका लागि यो चलचित्र चुनौतीपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *