‘सम्हालिन्छ कहिले मन’ गीतः पूजा र सोनमको गज्जबको केमेष्ट्री

३ असार २०७९ १४:१०

निर्देशक सुदर्शन थापा, नायिका पूजा शर्मा र संगीतकार अर्जुन पोखरेलको त्रिकोणात्मक केमेष्ट्री जोडिएपछि, चलचित्रको गीतबाट खुबै अपेक्षा हुने गर्दछ । यसपटक चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा पनि यी तिनले यस्तै संकेत गरेका छन् ।

आज सार्वजनिक भएको ‘जरुरी कुरा छ’ बोलको गीतको अडियो, भिडियो, लोकेशन, छायांकन सबै कुरा हेर्दा उत्कृष्ट लाग्छ । सुरेश वाग्लेको शब्द, अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अन्जु पन्तको स्वरमा समावेश यो गीतको अडियो कर्णप्रिय छ ।

सौरभ लामाको क्यामेराको जादु लण्डन र दुबइको लोकेशनमा गज्जबले चलेको छ । कोरियोग्राफीमा कविराज गहतराजले लोकेशन अनुसारको काम गर्न सकेको पाइदैन । उनी, औषत देखिएका छन् ।

अर्जुन जीसीको सम्पादनमा तयार भएको यो चलचित्रलाई एबी प्रोडक्शनले निर्माण गरेको हो । भदौको १७ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रमा पूजा शर्मा, सोनम तोप्देन र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । भिडियोमा भने पूजा र सोनमको केमेष्ट्री गज्जबको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *