आँचल र केकीको ‘झिँगे दाउ’ भदौ १७ मा रिलिज हुने

३ असार २०७९ १४:०१

चलचित्र ‘झिँगे दाउ’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म भदौको १७ गतेबाट रिलिज हुने भएको हो । फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । ज्ञानेन्द्र देउजाको निर्देशनमा यो फिल्म बनेको हो । कोरोना महामारी अगाडि नै अधिकांश दृश्यको छायांकन सकिएको फिल्मको केही दिन अगाडि मात्र एक गीतको छायांकन गरिएको थियो ।

यो चलचित्रमा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल बिष्टको मुख्य भूमिका छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

कपनगडी सिनेमा र फिल्म क्रियू नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधी तिवारीको ‘झिँगे दाउ’मा आधारित छ । प्रदीप भारद्धाजको पटकथा तथा संवाद रहेको चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *