टिजरपछि ‘प्रकाश’को नयाँ गीतः शब्द शक्तिशाली छ

२ असार २०७९ १४:३१

टिजर सार्वजनिक भएसँगै केही नयाँ कथा र प्रस्तुतिको अपेक्षा गरिएको चलचित्र ‘प्रकाश’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मान्छे मान्छे’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक भएको हो ।

भदौको १० गतेबाट रिलिज हुने यो चलचित्रको लिरिकल अडियो शक्तिशाली छ । गीतले मान्छेको दिमाग हल्लाउँछ, मस्तिष्कमा गहिरो छाप छाड्न सक्छ । यसैले, टिजर र गीत सार्वजनिक भएपछि चलचित्रलाई लिएर आम दर्शकको अपेक्षा झनै बढेको छ ।

विनिस इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको सार्वजनिक गीतमा सत्यराज आचार्यको स्वर, एलिस कार्कीको संगीत र अशोक शेरचनको शब्द छ । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, लोकेन्द्र लेखक, निरज पन्थी लगायतका कलाकारको अभिनय छ । विकास सुवेदीको लेखनमा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । ‘प्रसाद’ निर्देशकको यो प्रोजेक्ट पनि महत्वकांक्षी छ ।

महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रमा अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माताको रुपमा छन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् । सरकारी स्कुलको शिक्षक बन्नका लागि एक यूवाले गरेको संघर्षको कथामा चलचित्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *