निर्माता बनेपछि फेरियो सौगातको बोली, ‘राधा’ रिलिज अघि अरु फिल्म नगर्ने

२ असार २०७९ १४:१३

नायक सौगात मल्ल निर्माता रहेको चलचित्र ‘द सेक्रेट अफः राधा’को प्रदर्शन मिति भदौ १० गतेलाई तोकिएको छ । यो चलचित्रमा लगानी गरेपछि सौगात बदलिएका छन् । सौगातको यो बर्ष ‘मन्त्र र कबड्डी ४’ रिलिज भैसकेका छन् । ‘घनचक्कर’ असारको १० गतेबाट रिलिज हुँदैछ । ‘माइकल अधिकारी र राधा’ भदौमा एक साताको अन्तरमा रिलिज हुँदैछन् ।

नायक मल्लले आफ्ना पुराना चलचित्रहरु पनि धमाधम रिलिज भैरहेको बताए । तर, अब चलचित्र ‘राधा’ रिलिज नभएसम्म अन्य चलचित्रमा काम नगर्ने उनले बताएका छन् । हाम्रो सिनेमासँग कुरा गर्दै सौगातले भने–‘एकातिर निर्माता बनेकाले चलचित्रको प्रचारको दौडधुप छ । अर्कोतिर आफूले अभिनय गरेका चलचित्रहरु धमाधम रिलिज भैरहेका छन् । यसैले, अब चलचित्रको प्रचारमा नै व्यस्त हुन्छु । राधा रिलिज अगाडि अरु चलचित्रमा काम गर्दिनँ ।’

सौगात अभिनित चलचित्र ‘घनचक्कर’ले पैसाका लागि २ समुहविच हुने लडाइको कथा भन्छ । सौगात यो चलचित्र हेर्दा दर्शकले २ घन्टा पूर्ण मनोरञ्जन पाउने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *