बिहे गर्नु अगाडि राज र सुनिशाको ब्याचलर पार्टी(भिडियो रिपोर्टसहित)

२ असार २०७९ ४:५६

हाँस्य सिरियल ‘तितो सत्य’मा बाल–कलाकारको रुपमा अभिनय गरेपछि चर्चा कमाएका राज आचार्य अब वैवाहिक जीवनमा बाँधिने भउका छन् । उनले, मोडल सुनिशा बजगाँइसँग बिहे गर्न लागेका हुन् ।

यी दुइको बिहेको असारको ७ गते हुने बताइएको छ । बिहे अगाडि यी दुईले साथीहरुलाई ब्याचलर पार्टी समेत दिएका छन् । ब्याचलर पार्टीमा राज र सुनिशाको साथमा उनीहरुको नजिकका केही साथीहरु सहभागी थिए ।

राजले चार्टर एकाउन्टेनको अध्ययन सकाएका छन् । केही समयदेखि नेपालमै रहेका राज निर्देशक शंकर आचार्यका छोरा हुन् ।

सुनिशाले पनि केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । उनले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा अभिनय गरेकी छिन् । राज र सुनिशा केही समयदेखि प्रेममा थिए । बिहेको खबर सार्वजनिक भएसँगै यी दुइले औपचारिक रुपमा सामाजिक संजालबाट यो खबरको पुष्टी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *