साउन २० गतेबाट आउने भयो ‘म’

२ असार २०७९ ४:४६

नेपाली फिल्मको प्रदर्शन मिति धमाधम तय भैरहेको छ । साउन महिनादेखि नयाँ नेपाली फिल्म चलाउन प्रदर्शकलाई भ्याईनभ्याई हुने देखिएको छ । यसैविच, कान्तिपुर सिनेमाजको निर्माण र कान्तिपुर फिल्मस् एकेडेमीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘म’को प्रदर्शन मिति साउन २० गतेलाई तय गरिएको छ ।

निराज प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने र सरोज खनालको मुख्य भूमिका रहेको चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । यो चलचित्रको टिजर शनिबार सार्वजनिक हुँदैछ । चलचित्रमा सन्जोग रसाइली र पूनम श्रेष्ठले डेब्यू गरेका छन् । प्रकाश पुरी क्रियटिभ निर्माता रहेको यो चलचित्रले मानिस भित्रको म लाई प्रस्तुत गरेको छ ।

केही बर्ष अगाडि केही प्रतिशत दृश्य छायांकन गरेर रोकिएको चलचित्रलाई फेरि कलाकार र निर्देशक परिवर्तन गर्दै पूर्ण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *