‘विक्रम’ चलेपछि कमल हसन भन्छन्–‘अब सबैको ऋण तिर्छु’

१ असार २०७९ ११:१६

साउथ चलचित्र ‘विक्रम’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले विश्व बजारमा ३ सय २२ करोड कमाई सकेको छ । यस्तै, भारतमा मात्र चलचित्रको ग्रस कलेक्शन २ सय २० करोड छ ।

‘विक्रम’ कमल हसनको करिअरकै उत्कृष्ट चलचित्र समेत बनेको छ । चलचित्रले बम्पर व्यापार गरेपछि खुशी भएको कमल हसनले हालै मात्र एक अन्तरवार्तामा अब आफूले तिर्नुपर्ने सबै ऋण चुक्ता गर्ने बताएका छन् । उनले भने–‘अब मैले मेरो सबै ऋण तिर्न सक्छु । आफूलाई मनपर्ने बिषयमा मात्र काम गर्छु । मेरो परिवार र साथीहरुलाई मैले चाहेको दिन सक्छु ।’

आफूले यो चलचित्रले ३ सय करोड कमाउने दाबी गर्दै गर्दा कसैले पनि नपत्याएको कमल हसनको भनाई छ । कमलले आफूले अरुसँग मागेर कसैको पनि मद्दत नगर्ने बताए । साथै, उनले आफू सधै नै एक राम्रो मानिस बन्नका लागि लागिपर्ने समेत तर्क गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *