केकीलाई बिहेको कुरा गर्न नै सकस

१ असार २०७९ १०:५३

नायिका केकी अधिकारीलाई बिहेको कुरा गर्ने हो भने उनी कुरा बटार्न थाल्छिन् । केकीले ग्रान्डी अपार्टमेन्टमा आफ्ना प्रेमी रोहितसँग बिहे गरिन् । रोहितसँग केकीले गरेको बिहेको खबर मिडियाकर्मी र उनका नजिकका साथीहरुले नै ढिलो पाएका थिए ।

केकीले कसैलाई पनि नबोलाई सुटुक्क बिहे गरिन् । यसैले, पनि उनको बिहेको चर्चा हुने गर्दछ ।

केकी भने, बिहेको प्रश्नबाट भाग्न खोजिरहेकी छिन् । केही दिन अगाडि मात्र केकीलाई मिडियाकर्मीले बिहेको बारेमा प्रश्न सोधे । तर, केकीले भने आफूले बिहेको बिषयमा मिडियासँग बसेर नै लामो कुरा गर्ने भन्दै जवाफ दिन खासै मानिन् ।

केकीले मिडियासँग बिहेको बिषयमा बोल्न नचाहेको देखिन्छ । तर, उनले सुटुक्क बिहे गरेकोमा उनका कतिपय साथीहरु खुशी छन् भने कतिपयले अझै पनि गुनासो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *